काठमाडौं : काठमाडौंको टोखामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । शनिबार टोखा नगरपालिकाको आयोजना तथा स्वीकृति इभेन्ट म्यानेजमेन्ट काठमाडौंको संयोजनमा टोखा नगरपालिकाको तिलिङ्गाटार माविको प्राङ्गणमा बाल्यकालको झल्को दिने ‘उबेलाको तीज’ शीर्षकमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
वडा नम्बर ७ का अध्यक्ष नरोत्तम रानाको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले गरेका हुन् ।
कार्यक्रममा विगतदेखि सांगीतिक क्षेत्रमा ख्याति कमाएका कलाकार प्रेमराजा महत, राम प्रसाद खनाल, शिव नारायण जोशी, चन्द्रकला शाहा, अमर बिरही गुरुङ, प्रजापति पराजुली, नारायण रायमाझी, हरिदेवी कोइराला, शान्ति गुरुङ, पुरुषोत्तम न्यौपाने, बालुमाया पुन, दुर्गा रायमाझी, नारायण लेकाली, इन्द्र जिसी, खड्क बुढा, लिलावती बुढा, शिबु गिरि लगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो । यससँगै पछिल्लो पुस्ताका कलाकार लक्ष्मी न्यौपाने, कृष्ण कडेल, रेशम सापकोटा, शान्ता न्यौपाने, सीता थापा लगायत टोखाका स्थानीय प्रतिभाहरूले समेत प्रस्तुति दिएका थिए । कलाकार गीता भट्टराई, सञ्जु न्यौपाने, मिनाश्री लुङ्गेली, पूजा क्षेत्री र महिमा सुहासी, ध्रुव ओलीले पनि गीत गाएर मनोरन्जन प्रदान गरे । कार्यक्रममा तिलिङ्गाटार माविका बालबालिकाले पनि कार्यक्रममा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठान नेपालअन्तर्गतका विभिन्न समितिहरू, ओमकारेश्वर भजन समूहको प्रस्तुति, टोखा वडा नं. १ हरिप्रसाद अधिकारीको भजन समूह, बालकलाकार सिज्यान शर्मालगायतका भव्य प्रस्तुति रहेको थियो ।
साथै सो अवसरमा कला, साहित्य, पत्रकारिता तथा समाजसेवामा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
कलाकारहरु चन्द्रकला शाह, प्रेमराजा महत, पवित्रा रसाइली, रेशम सापकोटा, शान्ति गुरुङ, जीवन शर्मा, शिबु गिरी, शिवनारायण जोशी, बालुमाया पुन, दुर्गा रायमाझी, इन्द्र जिसी, बलराम खतिवडा, पवित्रा घर्ती, देवी हमाल, अमरविरही गुरुङ र भिमा सुवेदी सम्मानित भए ।
समाजसेवी विजयकान्त घिमिरे, धनबहादुर बस्नेत, शेषनारायण पोखरेल, कमल पोखरेल ढुन्ढी, हरिकृष्ण धिताल (एचके), कल्पना थापा (जेभियर इन्टरनेसनल कन्सल्टेन्सी), डिल्लीप्रसाद गौतम, सिताकुमारी पाण्डे, कमला घिमिरे, खड्क सिंह आले, ध्रुव पोखरेल, टोखा नगर गानकी रचयिता रेणु अधिकारी मौनता, दीपक न्यौपाने र अर्जुनकुमार कार्कीलाई सम्मान गरिएको छ ।
उनीहरूलाई प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सम्मान गरेका हुन् ।
सो अवसरमा उपस्थित सबैलाई तिजको दर पनि खुवाइको छ । तीन चरणमा दर खुवाइएको स्वीकृति इभेन्ट म्यानेजमेन्टका प्रमुख तथा लोकप्रिय गायक नविन पौडेलले जानकारी दिए । पहिलो चरणमा कोरियन चाउचाउ नङसिमको दर खुवाइएको उनले बताए । यस्तै दोस्रो चरणमा राजा च्याउको दर खुवाइएको तथा अन्तिम चरणमा अनदीको चामल घ्युमा पकाएर दर खुवाइएको गायक पौडेलले जानकारी दिए ।
संस्कृतिमा देखिएको भाषिक, शाब्दिक तथा दृश्यात्मक विकृति न्यूनीकरणमा यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको विश्वास छ ।
हरितालिका तिज पर्वमा गाइने गीत, प्रयोग हुने भेषभूषा र वास्तविक सांस्कृतिक झल्को प्रस्तुत गर्दै टोखाबाट मौलिक संस्कृतिको संरक्षण गर्न खोजिएको संयोजक पौडेलले बताए । कार्यक्रम कलाकार शितल शर्माले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रम आयोजनामा अमेरिकामा रहेकी समाजसेवी एवं गायिका सुस्मिता जि. विश्व, टीका पौडेल, पुरुषोत्तम बोहोरा, सिपी पौडेल, लक्जेम्बर्गमा रहेका राम खत्री र सावित्रा खत्री, बेल्जियमा रहेका दिनेश पौडेल डेनिस, कतारमा रहेका आरके शर्मा, बेलायतबाट खिम खत्री, युरोपबाट बुद्धिराम गौतम, पोल्यान्डबाट सञ्जिब खड्का, अस्ट्रेलियामा रहेका प्रेम सापकोटा साथ सहयोग रहेको संयोजक पौडेलले जानकारी दिए ।
कार्यक्रमलाई साथ दिने संस्थाहरुमा गुरु कन्सल्टेन्सी, जेभियर इन्टरनेसनल कन्सल्टेन्सी, स्टार अटो केयर, कप्लान एकेडेमी, हनी बी स्कुल, भूगर्भ सिमेन्ट, केएस इन्टरनेसनल, राजा च्याउ, कोरियन चाउचाउ नङसिम, बडीकार गाउँपालिका बागलुङ, चन्द्रागिरि नगरपालिका काठमाडौं, बुढानीलकठ नगरपालिका काठमाडौं, दोधारा चाँदनी नगरपालिका कञ्चनपुर, देवचुली नगरपालिका नवलपुर, पाल्पाली समाज यूएई, रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलिया, सिद्धबाबा इन्टरप्राइजेज, अरिकल इभेन्ट महाराजगञ्ज, लर्ड प्यालेस, लक्ष्मी ज्वेलरी, मेगा फर्मास्यिुटिकल, लुम्बिनी तन्दुरी भोजनालय बागदरबार, कान्तिपुर तन्दुरी हाउस सुकेधारा, कान्तिपुर तन्दुरी एन्ड रेस्टुरेन्ट सुकेधारा, ग्रिनसिटी हस्पिटल, कान्तिपुर डेन्टल हस्पिटल र विनायक हस्पिटल रहेको आयोजकले बताएको छ ।
कार्यक्रमको मिडिया पार्टनरमा मध्यान्ह दैनिक, जनसवाल दैनिक, सौर्य दैनिक, रातोपाटी, मेचीकाली खबर, वल्र्डवाइड टिभी नेपाल, कान्तिपुरपाटी, सुनौलो नेपाललगायत रहेका थिए ।