२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

गौर हत्याकाण्ड: आन्दोलनरत पक्षद्वारा गौरमा मसाल जुलुस प्रदर्शन

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ ७ गते २२:४६
गौर हत्याकाण्ड: आन्दोलनरत पक्षद्वारा गौरमा मसाल जुलुस प्रदर्शन

रौतहट : रौतहटको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध रौतहट गौरमा मसाल जुलुस प्रदर्शन गरिएको छ । गौरको बिपी चोकमा सुरक्षा व्यवस्थाबीच सुरु भएको जुलुस जिल्ला प्रहरी कार्यालय हुँदै अस्पताल चोकसम्म पुगेको थियो ।

सर्वदलीय सर्वपक्षीय भेलाले यसअघि सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत यस पटकको विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनपूर्व नै व्यापक सुरक्षा व्यवस्था मिलाइएको भएपनि प्रदर्शनका क्रममा प्रहरी संयमित देखिएको स्थानीयहरूले बताएका छन् ।

मसाल जुलुसपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेकपा समाजवादीका नेता रेवन्त झाले गौर राइस मिल घटना तत्कालीन माओवादीहरूको ज्यादतीविरुद्ध नागरिक प्रतिरोधको परिणामस्वरूप भएको आरोप लगाए । उनले क्रान्तिको क्रममा भएका घटनालाई अदालती प्रक्रियामै लैजानु उपयुक्त नहुने बताउँदै भने, ‘यदि क्रान्तिको क्रममा भएका घटनालाई अदालतमा लैजाने हो भने बृहत् शान्ति सम्झौता र १२ बुँदे सम्झौता नै खतरामा पर्न सक्छन् र देशमा भाडभैलो मच्चिन सक्छ ।’

उनले माओवादीका तत्कालीन नेता प्रभु साहको हठ र दम्भकै कारण गौरमा दुखद घटना भएको दाबी गर्दै निर्दोषलाई फसाउने खेल भइरहेको आरोप लगाए । साथै, राजनीति सम्बन्धी मुद्दालाई राजनीतिक रुपमा नै सम्बोधन गर्नुपर्ने उनले माग गरे ।

आन्दोलनरत पक्षले आइतबार गौरमा बृहत् विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसको पूर्वसन्ध्यामा मसाल जुलुस प्रदर्शन गरिएको हो । मसाल जुलुसमा जसपा नेपाल, लोसपा, समाजवादी पार्टीलगायतका दलहरूका साथै नागरिक समाजको समेत सहभागिता रहेको आयोजकले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise