२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

shivam cement
मध्यान्ह
२०८२ भदौ ७ गते १५:५५
साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो महिनामा रु. एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार गत महिना रु. एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रु. २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो । यो अवधिमा देशलाई रु. एक खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबर व्यापार घाटा भएको छ ।

गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ । साउनमा छिमेकी मुलुक भारतसँग रु. ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र रु. १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले रु. ६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यवहारेको छ ।

चीनसँग रु. २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र रु. पाँच करोड ४८ लाखको निर्यात गर्दा रु. २७ अर्ब ९४ करोड १२ लाख बराबर व्यापार घाटा भएको छ । जर्मनी, अफगानिस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।

साउनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । विभागका अनुसार रु पाँच अर्ब ७७ करोड १४ लाख बराबरको पेट्रोल, रु. पाँच अर्ब ८८ करोड ७७ लाखको डिजेल र रु. चार अर्ब ६६ करोड ६४ लाख बराबरको एलपी ग्यास आयात भएको छ । देशमा रु. १० अर्ब ८० करोड ९५ लाख बराबरको कच्चा सोयाबिन तेल, रु. तीन अर्ब ४१ करोड ९२ लाखको स्मार्टफोन, रु. एक अर्ब ७४ करोड ४८ लाखको मोटरसाइकल, रु. तीन अर्ब सात करोडको फलामजन्य वस्तु र रु. एक अर्ब ५२ करोड ६३ लाख बराबरको सुन आयात भएको छ ।

मुलुकबाट निर्यात भएका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ । साउनमा रु. १० अर्ब ६९ करोड ५८ करोड बराबरको भटमासको तेल  निर्यात भएको हो । समीक्षा अवधिमा प्लाईउड, फलफूल जुस, धागो, गलैँचा, अलैँचीलगायत उत्पादन निर्यात भएका हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise