पर्सा : चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट रु. ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् ।
जुन गत आवको सोही वर्षको तुलनामा रु. आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा रु. ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा रु. आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा रु. तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो ।
कार्यालयका अनुसार साउनमा रु. १८ अर्ब ४४ करोड राजस्व संकलन गरेको छ । जबकी आव २०८१/८२ को साउनमा रु. १५ अर्ब ९२ करोडको राजस्व संकलन भएको थियो ।