२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

तिज मिलन कार्यक्रम सम्पन्न

shivam cement
धर्मेन्द्रकुमार कुर्मी
२०८२ भदौ ७ गते २२:४२
तिज मिलन कार्यक्रम सम्पन्न

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा हरितालिका तिजको अवसरमा शुभकामना आदान–प्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।  गाउँपालिका सभाहल खडैचामा सम्पन्न कार्यक्रममा  राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । 

यस्तै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र अनेम संघकी केन्द्रीय सदस्य शारदा शर्माको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी थारूले गरेकी थिइन् । कार्यक्रममार्फत सहभागीहरूबीच पर्वको अवसरमा शुभकामना आदान–प्रदान गर्नुका साथै सामाजिक मेलमिलापको वातावरण सिर्जना गरिएको थियो । 
 

ADV

सम्बन्धित खबर

Advertise