काठमाडौं : ‘मिस्टर एन्ड मिस इस्टपोलको ग्रान्ड फिनाले तथा सम्मान कार्यक्रम–२०८२’ सम्पन्न भएको छ । सिएस इन्टरटेन्मेन्ट नेपाल र गोकर्णेश्वर–५, नरायणटारस्थित इस्टपोल सेकन्डरी स्कुलद्वारा आयोजित कार्यक्रममा ५३ जना विद्यार्थी सहभागी भएका थिए ।
प्रतियोगितामा महिलातर्फ विदुषी शाह र पुरुषतर्फ नूर दाहाल विजेता बने । त्यस्तै, महिला फस्र्ट रनरअप छोंगी लामा र पुरुष फस्र्ट रनरअप डेरियस महतो घोषित भए । महिला सेकेन्ड रनरअप बियांका रोशन पौडेल तथा पुरुष सेकेन्ड रनरअप ह्यान्सन लामा छनोट भए । सार्वजनिक मतका आधारमा कृषा राउत र नमन्य लोप्चन ‘पब्लिक च्वाइस’ बने भने दर्शक छनोटतर्फ लछेन घिसिङ र डेस्मन्ड घिसिङ पुरस्कृत भए ।
राष्ट्रिय सभाकी सदस्य विष्णुदेवी पुडासैनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–५ का जनप्रतिनिधि धर्म थिङ लामा, दुर्गा राना मगर, कमला नेपाली र विद्यालय निर्देशक कुशल थापालगायतको सहभागिता थियो ।
सोही अवसरमा एआइजी टेकबहादुर तामाङ, लेखक तथा निर्देशक दिवाकर भण्डारी र न्युलाइफ नेपालका संस्थापक अध्यक्ष राजेन्द्रकुमार खनाललाई सम्मान गरिएको थियो । कार्यक्रमलाई वरिष्ठ अभिनेत्री भुवन चन्द, साहित्यकार भीष्मराज फुलारा, गायक लाक्पा शेर्पा, मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ, मोटिभेसनल स्पिकर अशोक कुमार दाहाल, पत्रकार तथा कराँतेका राष्ट्रिय रेफ्री करण तामाङ र बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले निर्णायक तथा अतिथिका रूपमा सहजीकरण गरेका थिए ।
कार्यक्रम संयोजक कलाकार छिरिङ शेर्पाले आफ्ना अनुभव सुनाउँदै विद्यार्थीलाई निरन्तर मिहिनेत, आत्मविश्वास र सकारात्मक सोचले मात्र जीवनमा सफलता सम्भव हुने प्रेरणादायी सन्देश दिएकी थिइन् ।