रौतहट : रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्षमण पासवान पक्राउ परेका छन् l शरीर जल्दै गरेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको हो ।
बुधबार बिहान करिब ८ बजे माधवनारायण नगरपालिकाको बिसुनापुरवा- मानपुर जाने बाटोतर्फ एक फूलबारीमा जलेर घाइते भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गौरका नायब प्रहरी उपरीक्षक राजु कार्कीले बताए l
पासवानले आत्महत्या गर्ने प्रयास गरेको बुझिएको छ l उनको गरुडाको बेटर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ l
उनले आत्महत्या प्रयास गर्नुअघि करिब ९ मिनेट लामो भिडियो सन्देश पनि दिएका थिए l उनले सो भिडियोमा आफू यस्तो अवस्थामा बाँच्न नसक्ने भन्दै मर्न लागेको बताएका थिए l
गत शनिबार साँझ गौर मुडेलावा सडकखण्डमा एक सुटकेसभित्र रुबी साहको शव भेटिएको थियो l घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।