२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

एनआरएनए मलेसियाको अध्यक्षमा लिम्बूको उम्मेदवारी

shivam cement
तिलोचन गौतम
२०८२ भदौ ११ गते १२:०६
एनआरएनए मलेसियाको अध्यक्षमा लिम्बूको उम्मेदवारी

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं अधिवेशन हुने तय भएसँगै उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी दर्ता गराउन थालेका छ्न् ।

यसैक्रममा एनआरएनए मलेसियाको स्थापनाकालदेखि नै विभिन्न पदीय जिम्मेवारी लिँदै संस्थाका लागि थुप्रै काम गरिसकेका इन्द्र नारायण लिम्बूले २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

दुई दशकभन्दा लामो समयदेखि मलेसियामा रहेर व्यावसाय गर्दै आएका लिम्बूले देशमा परेका विपद्का समयमा र मलेसियामा रहेका श्रमजीवी वर्गका समस्या सुल्झाउन थुप्रै काम गरिसकेका छन् ।

सामाजिक सद्‍भाव, मिलाप र श्रमिकका समस्या हल गर्न आफूले तयार गरेको कार्यनीति आफ्ना एजेन्डाहरुमा समेटेर छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको बताउँदै आफ्नो पक्षमा मत जायर गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise