२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

मेटमणि चौधरीविरुद्ध जाहेरी

shivam cement
मध्यान्ह
२०८२ असार ५ गते १७:०७
मेटमणि चौधरीविरुद्ध जाहेरी

दाङ : नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा संघीय सांसद मेटमणि चौधरीविरुद्ध चेक बाउन्स (अनादर) को जाहेरी परेको छ । चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधबार हुलाकमार्फत चौधरीविरुद्ध चेक अनादरसम्बन्धी जाहेरी दर्ता भएको हो । कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले चेक अनादरसम्बन्धी उजुरी प्राप्त भएको पुष्टि गरेका छन् ।

‘हुलाकमार्फत जाहेरी आएको हो, अहिले त्यसको अध्ययन र भेरिफिकेसन प्रक्रिया चलिरहेको छ,’ उनले भने।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एक उच्च स्रोतका अनुसार चौधरीविरुद्ध एभेरेस्ट बैंकको नाममा ५ करोड ४० लाख रुपैयाँको चेक बाउन्स भएको आरोपमा उजुरी दर्ता गरिएको हो । उक्त जाहेरी रोल्पाका ठेकेदार धात बुढामगरले दिएका हुन् ।

प्रहरीले हुलाकमार्फत आएको उजुरीका आधारमा अब जाहेरी दिने व्यक्तिको सनाखत गर्नका लागि उनलाई कार्यालयमा बोलाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise