२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

shivam cement
मध्यान्ह
२०८२ असार ४ गते १२:४९
जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला : जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता)को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएका छन् ।

भेडापालन प्रवरद्धन कार्यक्रम अन्तर्गत यहाँका करिब २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता) प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए । 

कार्यालयबाट प्रदान गरिएको उक्त कार्यक्रमबाट भेडा पालनमा थप व्यवसायमा टेवा पुगेको छ । जिल्लाको सिंजा गाउँपालिका–६ का भेडापालक किसान भीमबहादुर रावतले भने, “यो आवमा १८ हजार प्रोत्साहन भत्ता पाएको छु । अहिले १०० भन्दाबढी भेडा रहेका छन् । सो रकमले भेडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको छ ।” 

चालु आर्थिक वर्षमा यहाँका २३० जना भेडा किसानले प्रोत्साहन भत्ता पाएका छन् । कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ । जिल्लामा करिब १७ सयभन्दा बढी भेडा किसानछन् । जहाँ ८८ हजार ३८८ भेडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिएका छन् ।

जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ । सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए । भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका–१ भेडा पालक किसान रुञ्ज रावतको भनाइ छ ।

कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्लालगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागू गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise