२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

‘नवौं स्वास्थ्य बीमा दिवस’ सम्पन्न

shivam cement
मध्यान्ह
२०८१ चैत २६ गते १२:२८
‘नवौं स्वास्थ्य बीमा दिवस’ सम्पन्न

 काठमाडौंः झापामा नवौं स्वास्थ्य बीमा दिवस सम्पन्न भएको छ । ‘सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने मूल नाराका साथ भद्रपुर नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच ‘नवौं स्वास्थ्य बीमा दिवस २०८१’ सम्पन्न भएको हो ।

कार्यक्रममा झापा जिल्लाको स्वास्थ्य बीमाको वर्तमान अवस्थाबारे चर्चा गरिएको थियो । जसअनुसार, झापा जिल्लामा सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमाप्रति जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको पाइएको छ ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा जिल्लाको कूल जनसंख्याको ६९.६७५ जनसंख्या स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहँदै नेपालको सबैभन्दा बढी बीमित भएको जिल्लाको रुपमा झापा रहेको कार्यक्रममार्फत् जानकारी दिइएकाे हाे । ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०८०/८१ सम्म ६ लाख ९५ हजार ३७५ जनाले स्वास्थ्य बीमा गराएका छन् । 

यस जिल्लामा सबैभन्दा बढी दमक नगरपालिका नागरिकले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्क अनुसार यहाँ १ लाख ११ हजार ८० जना नागरिकले स्वास्थ्य बीमा गराएका छन् भने सबैभन्दा कम बीमित झापा गाउँपालिकामा  १४ हजार ९७४ जना रहेको पाइन्छ । 

कार्यक्रमका बोल्दै बीमा बोर्ड झापा जिल्ला सम्पर्क कार्यालयकी संयोजक लक्ष्मी कणेलले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लामा २६ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाहरु स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत गराएर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको तथ्यांक जिल्ला सम्पर्क कार्यालयसँग रहेको बताइन् । 

कार्यक्रममा विभिन्न पालिकामा दर्ता सहयोगीको रुपमा रहेर कुशल र इमान्दारितापूर्वक कार्य गर्ने सम्पूर्ण दर्ता सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो । साथै प्रत्येक पालिकाबाट सबैभन्दा बढी नागरिकको बीमा गराउन सफल दर्तासहयोगीहरुलाई प्रशंसा पत्रसहित सम्मान पनि गरिएको हो । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise