२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

सुनकुडा क्याम्पसमा अनेरास्ववियुका कपिल विष्टको प्यानल नै विजयी

मध्यान्ह
२०८१ चैत ५ गते २१:२३
सुनकुडा क्याम्पसमा अनेरास्ववियुका कपिल विष्टको प्यानल नै विजयी

बझाङ : बझाङकाे सुनकुडा क्याम्पसमा मंगलबार भएकाे स्ववियु निर्वाचनमा अनेरास्ववियुका कपिल विष्टकाे प्यानल विजयी भएकाे छ । निर्वाचनमा एमाले निकट अनेरास्ववियु, समाजवादी निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारि गरी तीन संगठनबीच तालमेल भएकाे थियाे ।

३ सय ३८ मतदाता रहेकाे सुनकुडा क्याम्पसमा २ सय ३३ मत खसेकाे थियाे । विष्टले १ सय ४१  मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी नेविसंघका जयदेव भट्टले ७७ मत ल्याएका थिए । त्यसैगरी विप्लव निकट अखिल समाजवादीबाट सभापतिका उम्मेदवार बनेका भानु प्रसाद जाेशीले ४ मत ल्याए । ११ मत बदर भएको थियो ।

ADV

सम्बन्धित खबर