२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

पत्रकार महिलाहरुको नेतृत्व विकासमा जोड

shivam cement
मध्यान्ह
२०८१ फागुन २८ गते २०:५०
पत्रकार महिलाहरुको नेतृत्व विकासमा जोड

विराटनगर : संचार क्षेत्रमा महिलाहरुमा हुने विभेदको अन्त्य गर्न महिलाहरुको नेतृत्व विकास हुनु अत्यन्तै आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । 

सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहकार्यमा नेपाल पत्रकार महासंघ मोरङले बुधबार विराटनगरमा आयोजना गरेको संचार क्षेत्रमा पत्रकार महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले संचार क्षेत्रमा महिला पत्रकारहरुको वृद्धिका लागि ‘सञ्चार गृह महिला मैत्री’ हुुनुपर्ने सुझाव समेत दिएका छन् । 

११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सृजना राईले महिला पुरुषबीच अहिले पनि विभेद कायम रहको बताइन् । उनले महिलाहरु नेतृत्व विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङले महिला पत्रकारहरुको क्षमता अभिवृद्धि मात्र नभइ आत्मरक्षासहितको क्षमता अभिवृद्धि तालिमका लागि मन्त्रालयले सहयोग गर्ने बताए । यस्ता कार्यक्रमका लागि सामाजिक विकास मन्त्रालय सहयोग गर्न सधैं तत्पर रहेको समेत बताए । सचिव तामाङले महिला पत्रकारहरुलाई न्यून पारिश्रमिकमा काम नगर्न आह्वान गर्दै मन्त्रालयले महिलाहरुका लागि फेलोसीप रकम वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा महासंघका मोरङ पूर्वअध्यक्ष बन्धु पोखरेलले पत्रकारितामा महिला पत्रकारको स्थायित्व सवाल र कान्तिपुर टेलिभिजनका उपसम्पादक महाप्रसाद खतिवडाले सञ्चार क्षेत्रमा महिलाहरुको अर्थपूर्ण सहभागिता र भावी रणीनीति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सञ्चार क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता गराउन के कति पेसाबाट विस्तापित भए भनेर खोजी गरिनुपर्ने बताए । 

केन्द्रीय सदस्य कमल रिमाल, कोशी अध्यक्ष भरत खड्का मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सल्लाहकार विवेक गौतम लगायतका वक्ताहरुले महिला पत्रकार र स्थानीय सञ्चार गृहको प्रवर्द्धनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए । नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले महिला पत्रकारको सेवा सुविधा र सुरक्षामा पहल गर्ने बताइन् ।

ADV

सम्बन्धित खबर

Advertise