२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

'पिछडावर्गको मागलाई सरकारले बेवास्ता गर्‍यो'

shivam cement
मध्यान्ह
२०८१ फागुन २८ गते १६:२७
'पिछडावर्गको मागलाई सरकारले बेवास्ता गर्‍यो'

काठमाडौँ : नेपाल पिछडावर्ग (ओबीसी) महासंघले विभिन्न पाँच बुँदे माग राखी गरिरहेको आन्दोलन १०औँ दिन पनि जारी राखेको छ । विभिन्न पाँच बुँदे माग राखी पिछडावर्ग महासंघले फागुन १९ गते सोमबारदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेको हो ।

१० दिनदेखि धर्नामा बस्दै आए पनि सरकारले बेवास्ता गरेको भन्दै पिछडावर्ग महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले अब कडा आन्दोलन गर्न राज्यले बाध्य पारिरहेको आरोप लगाएका छन् । ‘हाम्रा जायज मागहरूप्रति राज्यले पूर्णरुपमा बेवास्ता गर्दै आएको छ । हामीले सम्बन्धित मन्त्रालय, मन्त्री र राजनीतिक दलहरूलाई पनि ध्यानाकर्षण गरायौँ तर कसैले पनि सुनेन ।’ उनले थपे, ‘अब हामी सडक संघर्षमा उत्रिने योजनामा छौँ ।’

पिछडावर्गको आन्दोलनमा पूर्वमन्त्री विश्वेन्द्र पासवान, नेपाली कांग्रेस निकट नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्मा, पूर्वमन्त्री केशवमान शाक्य लगायतले ऐक्यबद्धता जनाइसकेका छन् । 

यस्तै, पिछडावर्गको धर्नामा नेकपा (माओवादी केन्द्र) निकट राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपाली, नेता लवकुश बैठक र नेकपा (एस) निकट नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्मासहितले बुधबार ऐक्यबद्धता जनाएका छन् ।

उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय (ओबीसी) उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिहरुलाई यथाशीघ्र सञ्चालन गर्न मागसहित पिछडावर्ग महासंघ आन्दोलित भएको छ ।

तीनवटा विकास समितिहरुमा रिक्त रहेको पदमा यथाशीघ्र पदाधिकारीहरू नियुक्ति गर्नुपर्ने, राष्ट्रिय समावेशी आयोगले पिछडावर्गको थर सूचीकरणका लागि गरिएको सिफारिस मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र ओबीसी आरण लागू गर्न माग महासंघले गरेको हो ।

यसैगरी, नेपाल सरकार र नेपाल पिछडावर्ग (ओबीसी) महासंघ, दलित संघ तथा वादी समुदायबिच भएको सम्झौताहरू लागू गर्नुपर्ने र तीनवटै विकास समितिमा लामो समयदेखि कार्यरत अवकासित कर्मचारीलाई यथाशीघ्र पुनः नियुक्ति गर्न माग गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise