२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

बेनी-दरवाङ सडक: रणवाङ-तोलावाङ खण्ड कालोपत्र पूरा

मध्यान्ह
२०८१ फागुन २८ गते १०:३६
बेनी-दरवाङ सडक: रणवाङ-तोलावाङ खण्ड कालोपत्र पूरा

म्याग्दी : बेनी-दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार मंगला गाउँपालिका-२ रणवाङको खहरेखोलादेखि रणवाङ-सहश्रधारा-दुखुखोला-तल्लोदुखु-रातोढुंगा हुँदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो । खहरेखोलाबाट तोलावाङसम्म तीन किलोमिटर तीन सय मिटर सडक कालोपत्र भएको छ ।

“फराकिलो पार्ने, पानीको निकास, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा माघ १९ गतेदेखि सुरु गरिएको कालोपत्र गर्ने काम फागुन २७ गते सकिएको छ”, पौडेलले भने, “बांगेपहिरो छाडेर बाँकी ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।”

मङ्गला गाउँपालिका-२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग रु. २२ करोड ५७ लाख ९३२ मा सम्झौता भएको हो ।

मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर यो सडक २०६३ सालमा खुलेको हो । यसअघि बेनी-सिमसम्म १२ दशमलव पाँच किलोमिटर खण्ड भने कालोपत्र भइसकेको छ । सिम-पानाबगर खण्डको चार किलोमिटरको काम पनि पूरा भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर