२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

टेम्केमैयुङका एकल, दलित तथा श्रमिक महिला सम्मानित

shivam cement
मध्यान्ह
२०८१ फागुन २५ गते १२:३१
टेम्केमैयुङका एकल, दलित तथा श्रमिक महिला सम्मानित

भोजपुर : टेम्केमैयुङ गाउँपालिकाका एकल, दलित, श्रमिक तथा विपन्न महिलालाई सम्मानसँगै आवश्यक सहयोग गरिएको छ । एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गाउँपालिकाले नौवटै वडाका महिलालाई सम्मानसहित सहयोग गरेको हो ।

गाउँपालिकाभित्रका सबै वडालाई समेटेर समाजमा संघर्ष गरिरहेका एकल, दलित, विपन्न महिलालाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मानसहित सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । “दिवसका अवसरमा पालिकाले वर्सेनि विभिन्न रचनात्मक काम गर्दै आएको छ”, उनले भनिन्, “यो वर्ष समस्यामा रहेका महिलालाई सम्मानसहित दैनिक आवश्यक पर्ने सामग्री सहयोग गरेका हौँ ।”

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise