२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

कवि अधिकारीको ‘पानीको परेड’ सार्वजनिक

मध्यान्ह
२०८१ फागुन २४ गते १८:१०
कवि अधिकारीको ‘पानीको परेड’ सार्वजनिक

काठमाडौं : कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ । आज आयोजित कार्यक्रममा कविद्वय डा नवराज लम्साल र मोमिलालाई आफ्नो कविता संग्रह उपहार प्रदान गरेसँगै कृति सार्वजनिक गरिएको हो ।

नेपालयले प्रकाशनमा ल्याएको उक्त कविता संग्रहमा कवि अधिकारीले २०६४ सालदेखि २०८० सालसम्म लेखेका पूर्वप्रकाशित र अप्रकाशितसमेत गरी ७७ वटा कविता समेटिएका छन् । यो उनको १७औं कृति हो ।

कवि लम्सालले अधिकारी वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने अतिरिक्त सामथ्र्य भएको काव्यिक क्षमताका कविका रूपमा स्थापित भएको बताए । कवि तथा निबन्धकार मोमिलाले अधिकारी कवितामा कलात्मक पाराले मसिनो ढंगबाट अभिव्यक्त गर्ने सीमान्त शिल्पी र शब्दका जादुगरका रूपमा रहेको धारणा राखिन् । 

अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भ पारेर कृति सार्वजनिक गरिएको हो । कवि अधिकारीले संघर्ष र सौहार्दताको स्मरण गर्दै आफ्नो कविता–यात्रा ५०औं वर्षमा प्रवेश गर्न लागेकामा खुसी व्यक्त गरे । सो अवसरमा उनले ‘आमा’, ‘अन्तिम तयारी’, ‘बिहे’ र ‘अचानक एक दिन’ शीर्षकका कविता वाचन गरेका थिए । 

ADV

सम्बन्धित खबर