२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

अमेरिकाबाट निष्कासित भएका नेपाली लिएर आएको जहाज काठमाडौं आइपुग्यो 

मध्यान्ह
२०८१ फागुन २१ गते ११:१८
अमेरिकाबाट निष्कासित भएका नेपाली लिएर आएको जहाज काठमाडौं आइपुग्यो 

काठमाडौँ : अमेरिकामा अवैधानिक रूपमा बसिरहेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ आइपुगेको छ । 

अध्यागमन कानुन उल्लघंन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार बिहान १० बजे काठमाडौँ अवतरण गरेको हो । 

निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए ।

अमेरिकामा डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन् । त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले अमेरिकाबाट निष्कासन गरिरहेको छ ।

नेपाल,भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरूलाई समेत अमेरिकाले उनीहरूकै देश फर्काइरहेको छ ।

ADV

सम्बन्धित खबर