२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

भैरहवा क्याम्पसमा तोडफोड

मध्यान्ह
२०८१ फागुन १९ गते १९:२१
भैरहवा क्याम्पसमा तोडफोड

काठमाडौं : रूपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले तोडफोड गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावलाई लिएर विद्यार्थीहरूबचि विवाद भएपछि उनीहरू क्याम्पसमा तोडफोडमा गरेका हुन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनहरूबीच बैठक चलिरहेको बेला क्याम्पसको हलमा तोडफोड भएको हो ।

५ चैत क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्यसैका लागि सोमबार देशभरका क्याम्पसहरूमा विद्यार्थी संगठनहरूले नाम दर्ता गरिरहेका छन् । तर, भैरहवा बहुमुखी क्याम्पसमा ५ विद्यार्थी संगठनहरूले आइतबार स्ववियु निर्वाचन कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

तालाबन्दी भइरहेको अवस्थामा निर्वाचन तालिकाअनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउने भन्दै सोमबार ५ विद्यार्थी संगठनसँग बैठक बसेको थियो ।

सोही क्रममा एमालेको भातृ संगठन अनेरास्ववियु निर्वाचनका लागि संगठन दर्ता गर्न बाजागाजासहित क्याम्पसमा प्रवेश गरेपछि ५ विद्यार्थी संगठन तोडफोडमा उत्रिएका हुन् ।

विद्यार्थीहरूको तोडफोडले क्याम्पसका कुर्सीहरू भाँचिएका छन् । विद्यार्थीहरूले क्याम्पस प्राङ्गणमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
 

ADV

सम्बन्धित खबर