२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना एवं दर्शन

shivam cement
मध्यान्ह
२०८१ फागुन १४ गते १८:११
राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना एवं दर्शन

काठमाडौंः महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गरेका छन् । महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने प्राचीनकालदेखिको परम्परा रही आएको छ । 

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव पशुपतिनाथ मन्दिर आउँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कोषका पदाधिकारी, कर्मचारी, महाशिवरात्रि मूल समारोह समितिका सदस्य, स्थानीय तहका जनप्रतिनिधि, भक्तजनलगायतले स्वागत गरेका थिए।

पशुपतिनाथ मूल मन्दिरभित्र दर्शन विधिअनुसार परिक्रमा गरी राष्ट्रपति पौडेलले मन्दिरमा पूजाआराधना र दर्शन गरेका थिए । राष्ट्रपति पौडेललाई पशुपतिनाथका मूल अर्चक गणेश भट्टले फूल, प्रसाद लगाइदिएका थिए । 

ADV

सम्बन्धित खबर

Advertise