२०८२ जेठ १ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ जेठ १ गते बुधवार
Ads

मुलुकको आर्थिक चलायमान र विकासका लागि अध्यादेश ल्याइएको होः सञ्चारमन्त्री

मध्यान्ह
२०८१ फागुन ७ गते १७:११
मुलुकको आर्थिक चलायमान र विकासका लागि अध्यादेश ल्याइएको होः सञ्चारमन्त्री

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको पक्षमा ल्याइएको अध्यादेशको विरोध हुनु चिन्ताको विषय भएको बताएका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन, सहकारीका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न र सुकुम्बासी  समस्या दीर्घकालीन रुपमा समाधान गर्न ल्याइएका अध्यादेशका विरुद्धमा एक भइ प्रतिपक्ष विरोधमा उत्रिनु दुःखको विषय हो भने ।

राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले अध्यादेशभित्र भएका विषयवस्तुमाथि टीकाटिप्पणीसहित विरोध हुनुपर्नेमा त्यो नभइ एकोहोरो अध्यादेशका बारेमा मात्र विरोध भएकामा आश्चय व्यक्त गरे ।

मन्त्री गुरुङले जनताको सेवा गर्न, विकास निर्माणलाई गति दिइ स्थायित्व प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न ल्याइएको अध्यादेश पास गर्नुको विकाल्प नरहेकोमा जोड दिँदै समग्रमा देश र जनतालाई केन्द्रमा राखेर ल्याइएको अध्यादेशका पक्षमा साथ दिन सबै राजनीतिक पार्टीहरूसँग आग्रह गरे ।

विभिन्न कालखण्डमा मुलुकमा भएका आन्दोलनबाट देशको शासन व्यवस्था र प्रणाली फेरिए पनि पुराना कानुन र नीति परिवर्तन नभइदिँदा अपेक्षा गरिएअनुसारको परिणाम दिन नसकेको स्पष्ट गर्दै सञ्चारमन्त्री गुरुङले अब शासन व्यवस्थाअनुसार कानुन परिवर्तन गर्नुपर्ने समय आएको बताए ।

संविधानको भावनाअनुसार सरकारका सबै निकाय पूर्ण लोकतान्त्रिक र समावेशी हुनुपर्नेमा जोड दिँदै उनले प्रजातन्त्रमा विधिको शासनसहित स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा त्यो नभइदिँदा लोकतन्त्र ‘ट्र्याप’मा परेको होकी भन्ने कोणबाट टीकाटिप्प्पी हुनेगरेको बताए ।

हाम्रो प्रदेश सरकार, पालिका, समग्र प्रहरी प्रशासन हाँक्ने व्यक्तिको कार्यशैली र आचरण ठीक हुनुपर्ने धारणा व्यक्त गर्दै उनले पुराना संरचनालाई नयाँ व्यवस्थाअनुरुप लोकतान्त्रिक र विधिसम्मत बनाउनुपर्नेमा जोड दिए । ‘हामीले नीति र व्यवस्थामा परिवर्तन ल्याउन नसक्दा मुलुकले सोचे अनुकूल उपलब्धि हासिल गर्न सकेन’, मन्त्री गुरुङले भने, ‘अहिले हामीले आवश्यक नीति रुपान्तरणमा जोड दिएका छौँ ।

पछिल्लो समय हामीले ल्याएको लोकतन्त्र खतरामा पर्न लागेको महशुस गरी नेपाली कांग्रेस र नेकपा एमालेजस्ता दुई ठूला राजनीतिक दलको गठबन्धन गर्नुपरेको हो भन्दै विकास र समृद्धिसहित लोकतन्त्रलाई सुनिश्चित गर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे ।
 
 

ADV

ताजा खबर

सम्बन्धित खबर