२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

राप्रपाको युवा संगठनको महाधिवेशन चैत १६ देखि १८ गतेसम्म काठमाडौंमा हुने

मध्यान्ह
२०८१ माघ २४ गते १४:४७
राप्रपाको युवा संगठनको महाधिवेशन चैत १६ देखि १८ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं : राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको महाधिवेशन चैत १६, १७ र १८ गते काठमाण्डौंमा हुने भएको छ । सो संगठनको आज बसेको बैठकले चैतमा महाधीवेशन गर्ने निर्णय गरेको हो ।

राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन गर्न बाँकी रहेका पार्टीको भ्रातृ संगठनहरुको महाधिवेशन चैत मसान्तसम्म सम्पन्न गर्ने निर्देशनात्मक निर्णय गरेको छ । पार्टीको निर्णय अनुसार सबै भ्रातृ संगठनहरु महाधिवेशनको आन्तरिक तयारीमा जुटिरहेको, बैठक र छलफलहरु भइरहेको संयोजित संगठन विभागका प्रमुख, प्रवक्ता गोपाल दाहालले बताएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनको महाधिवेशन समयमै सम्पन्न गर्न निर्देशन दिने गरेका छन् । उनी स्वयं पनि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका संस्थापक अध्यक्ष हुन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधानले निर्दिष्ट गरेको प्रावधान अनुरुप आफ्नो महाधिवेशन गर्न हरेक हिसाबले तयार हुँदै गएको संगठनका संयोजक अधिवक्ता सुजित केसीले बताएका छन् । 'अहिलेसम्म ३९ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको, केही जिल्लामा अधिवेशनको मिति टुंगो लागिसकेको र बाँकी जिल्लाको अधिवेशन पनि फागुनको तेस्रो हप्तासम्म सम्पन्न गर्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौं,' केसीले भने ।

हिन्दु राष्ट्र र राजसंस्थाको पुन:स्थापना र वैकल्पिक राजनीतिको पक्षधर रहेका युवालाई समेट्दै राप्रपालाई युवामय पार्टी बनाउने लक्ष्यका साथ तल्लो तहदेखि संगठनको अधिवेशन भइरहेको केसीले बताए । निर्धारित समयमा महाधिवेशन गर्ने संगठनलाई देशभक्त राष्ट्रवादी युवाहरुको प्रमुख संगठन बनाउने केसीले बताए ।

ADV

सम्बन्धित खबर