कन्चनपुर : राजधानीको सुकेधारास्थित विज्ञान एचआर म्यानेजमेन्ट प्रा. लि. ले अरनिको आधारभूत विद्यालयमा न्यानो मोजा वितरण गरेको छ । सो कम्पनीले कन्चनपुरको पुनर्वास नगरपालिका–२ मा रहेको उक्त विद्यालयका विद्यार्थी र शिक्षक-शिक्षिकाहरूलाई न्यानो मोजा वितरण गरेको हो ।
आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत रही सो विद्यालयका १७० जना विद्यार्थी र ११ शिक्षक-शिक्षिकाहरूलाई मोजा वितरण गरिएको कम्पनीका प्रबन्ध निर्देशक बसन्त लामाले जानकारी दिए ।
मोजा वितरणपश्चात् विद्यालयका अध्यक्ष दाउद तामाङ र प्रधानाध्यापक बासुमाया तामाङले विज्ञान एचआर परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।