२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

रोशीका १ हजार २३० विपद् प्रभावितलाई आर्थिक सहयोग

मध्यान्ह
२०८१ पुष १६ गते १०:४६
रोशीका १ हजार २३० विपद् प्रभावितलाई आर्थिक सहयोग

काभ्रेपलाञ्चोक : गत असोज दोस्रो साताको बाढी पहिरोबाट प्रभावित १ हजार २३० पीडित परिवारलाई संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले राहत रकम प्रदान गरेको छ । डब्लुएफपीको नेपालस्थित कार्यालयमार्फत उक्त राहत रकम प्रभावित परिवारलाई प्राप्त भएको रोशी गाउँपालिका कार्यालयले जनाएको छ ।

बाढी पहिरोमा परी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो भने ४८२ घर पूर्ण रूपमा तथा ८८३ घर आंशिक रूपमा क्षति पुगेको थियो । डब्लुएफपीले पीडित परिवार सङ्ख्याका आधारमा राहतस्वरुप नगद नै सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनले सबै पीडितको बैंक खातामा रकम जम्मा भइसकेको र कुनै समस्या आए गाउँपालिकामा तत्काल सम्पर्क गर्न अपिल गरेका छन् ।

डब्लुएफपीले नेपाल सरकारको बाढी पहिरो पीडितलाई परिवार सङ्ख्याका आधारमा दिने नीतिअनुसार रु. १५ हजार तथा रु. २० हजार नगद राहत प्रदान गरेको जनाइएको छ । अध्यक्ष लामाका अनुसार यसअघि गाउँपालिकामा सीआरएस (क्याथोलिक राहत सेवा)मार्फत १०८ पीडित परिवारलाई उक्त परिमाणमा राहत रकम प्रदान भएको थियो ।

ADV

सम्बन्धित खबर