२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

गैँडाको आक्रमणबाट मृत्यु

मध्यान्ह
२०८१ पुष १४ गते १६:५६
गैँडाको आक्रमणबाट मृत्यु

चितवनः गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १३ की ३२ बर्षिया मेन्दोमाया भण्डारी रहेकी छन् ।  

भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार आज बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । भण्डारीको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ । 

ADV

सम्बन्धित खबर