२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

मध्यान्ह
२०८१ पुष १३ गते ०९:४१
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

काठमाडौंः सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । उनको हृदयघातका कारण गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

काठमाडौंको नयाँबजारस्थित आफ्नै निवासमा हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको बस्तीलाई चिकित्सकले त्यहाँ पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए । 

२२ भदौं २०६५ मा सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए । सर्वोच्च अदालतबाट अवकाश पाएपछि ६ वर्ष मानव अधिकार आयोगको सदस्य बनेका उनले पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेतृत्वको आयोगमा पनि २ कात्तिक २०७१ देखि १ कात्तिक २०७७ सम्म सदस्यको रुपमा काम गरेका थिए । 

ADV

सम्बन्धित खबर