२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

नेपाल स्वास्थ्य सम्मेलन सम्पन्न

मध्यान्ह
२०८१ पुष १२ गते १८:४७
नेपाल स्वास्थ्य सम्मेलन सम्पन्न

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको नेपाल स्वास्थ्य सम्मेलन समापन भएको छ । हिजो बिहीबारदेखि सुरु भएको सम्मेलनको उद्देश्य साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतिबारे छलफल गर्नु हो ।

सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज भएको विश्वास मन्त्रालयको छ । 

साथै सम्मेलनले प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशेढुङ्गा सावित विश्वास गरिएको छ । सम्मेलनको अन्तिम दिन आज प्यानल छलफल गरेर समापन गरिएको थियो । 
 

ADV

सम्बन्धित खबर