२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

इजरायल पठाउने भन्दै ठग्ने पक्राउ

मध्यान्ह
२०८१ पुष ७ गते २१:५१
इजरायल पठाउने भन्दै ठग्ने पक्राउ

काठमाडौं : प्रहरीले केयरगिभरमा इजरायल पठाइदिने भन्दै ३३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा गोरखाको पालुङटारका किशन कुमाललाई पक्राउ गरेकोे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार इजरायल पठाइदिन्छु भन्दै ४ जनाबाट ३३ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि उनीविरुद्ध ठगीको उजुरी परेको थियोे ।

हाल ग्रिनल्यान्ड सामाखुसी बस्दै आएका उनलाई प्रहरीले टेकुबाट पक्राउ गरेको हो । इजरायलको नाममा ठगी गर्ने धेरै व्यक्ति र संस्था देखिएपछि विगतमा वैदेशिक रोजगारीको प्रलोभन देखाउने कसैसँग रकमको कारोबार नगर्न सार्वजनिक आह्वान नै गरिएको थियोे । इजरायलमा युद्ध चर्केपछि यसअघि छनोट भएका कामदार जान पाएका छैनन् ।

त्यसैगरी प्रहरीले यूएई पठाइदिने प्रलोभन दिएर २ लाख ५० हजार ठगी गरेकोे उजुरीका आधारमा खोटाङ दिप्रुङ चुइचुम्माका युवक खड्कालाई पनि पक्राउ गरेको छ । दुवै जनालाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर