२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा

मध्यान्ह
२०८१ पुष ५ गते १७:५०
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले डीआईजी सिंह र बोहोरालाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि डीआईजीद्वयको नाम सिफारिस गरेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर