२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

सिद्धार्थ बैंकको ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा

मध्यान्ह
२०८१ पुष ४ गते २१:१५
सिद्धार्थ बैंकको ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले प्लाटिनम कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको हो । सो कार्डलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्ति पछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत, सुन्दरप्रसाद कँडेलले सार्वजनिक गरेका थिए ।

सो कार्ड प्रयोग गर्ने ग्राहकहरूले वार्षिक दुई पटक सम्म एयरपोर्ट लङमा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन् । बैंकले सो कार्डको प्रयोग गरी ४५० भन्दा बढी यूएनओ मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट पाप्त गर्न सक्नेछन् । यो कार्ड प्रायोरिटी बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिनेछ र उक्त कार्ड प्रयोग गर्ने ग्राहकहरूले बैंकिङ सेवामा प्राथमिकता पाउने जनाएको छ ।

प्लाटिनम क्रेडिट कार्ड नेपाल, भूटान र भारतमा प्रयोग गर्न सकिनेछ । उक्त कार्डका लागि सुरुवाती ३ महिना भित्र आवेदन दिने ग्राहकहरूलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको बैंकले जनाएको छ । प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरुलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर