२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

आफ्नै बेडमुनी फेला पर्‍यो किशोरीको शव

मध्यान्ह
२०८१ पुष ४ गते १६:५०
आफ्नै बेडमुनी फेला पर्‍यो किशोरीको शव

काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुङ्गलमा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव उनी बस्ने डेराको लो बेडमुनी फेला परेको हो ।

२९ मंसिर राति १२ बजेदेखि सरिता हराएकी थिइन् । उनको दाजु नविन रुम्बा तामाङले १ मंसिरमा प्रहरी वृत्त थानकोटमा बहिनी हराएको निवेदन दिएका थिए । खोजतलासका क्रममा ३ मंसिरमासरिता आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परिन् ।

प्रहरीले घटनास्थलको अध्ययन प्रविधिको प्रयोग र सूचनाको आधारमा अभियुक्तलाई काठमाडौं महानगरपालिका–१४, खड्कागाउँस्थित डेराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–३ का स्थायी बासिन्दा २४ वर्षीय विश्वास तामाङ छन् ।

पक्राउ परेका तामाङको साथबाट मृतक सरिताको मोबाइल पनि बरामद गरिएको छ । मृतक सरिता धादिङ गजुरी–९ निवासी दलबहादुर तामाङकी छोरी हुन् । उनी बिष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय नैकापमा कक्षा १० मा अध्ययनरत थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटले घटनाको थप अनुसन्धान गरिरहेको छ । प्रहरीले अभियुक्तविरुद्ध कानूनी कारबाही गरिने जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर