काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कानुनअनुसार कारबाही हुने प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको छ ।
प्रहरीले उक्त तस्बिर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । भुसालले पनि उक्त फोटो आफैँले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।
फोटोमा देखिएका व्यक्ति रवि लामिछाने नै भएको प्रहरीले पुष्टि पनि गरिसकेको छ ।