२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

निकोलस भुसालले भने- रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफी चाहन्छु

मध्यान्ह
२०८१ पुष ४ गते ११:४७
निकोलस भुसालले भने- रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफी चाहन्छु

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले सामाजिक सन्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।

'फोटो रियल हो मैले नै खिचेको हो । गल्ती भएको हो माफी चाहन्छु,' उनले लेखेका छन्, 'मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न गएको थिएँ ।'

डा. भुसालले दुई दिनअघि नै यो फोटो फेसबुकमा राखेका थिए भने पछि डिलिट गरेका थिए । 

बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले फोटो फेसबुकमा राखेपछि भाइरल भइरहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर