२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

देश र जनताका पक्षमा कलम चलाउन उपाध्यक्ष भुसालको आग्रह

shivam cement
मध्यान्ह
२०८१ पुष ३ गते १३:१०
देश र जनताका पक्षमा कलम चलाउन उपाध्यक्ष भुसालको आग्रह

ललितपुर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले देश र जनताका पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उपाध्यक्ष भुसालले पत्रकारिता क्षेत्र जनतालाई सुसूचित गर्ने महत्त्वपूर्ण पेसा भएकाले निष्पक्ष भएर समाजलाई  सत्मार्ग लाग्न प्रेरणा दिनुपर्ने बताए । 

“ सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रकारिताको दायरा पनि फराकिलो हुँदै गएको छ, नागरिक स्तरमा पनि पत्रकारिताको अभ्यास हुन थालेकाले समाजलाई सही बाटोमा हिँडाउनका निष्पक्ष पत्रकारिता हुनुपर्छ”, उनले भने । 

संविधान प्रदत्त अधिकार उपयोग गरेर सामाजिक परिवर्तनमा सञ्चारकर्मी लाग्नुपर्नेमा जोड दिँदै पूर्वमन्त्री भुसालले समाजमा व्याप्त विकृति, विसंगति एवं राज्यका गलत कार्यलाई खबरदारी गर्न पत्रकारहरू निर्भीकतापूर्वक लाग्नुपर्छ भने । 

शाखाका अध्यक्ष रामहरि कार्कीले महासंघलाई एकताबद्ध बनाएर जनताका पक्षमा पैरवी गर्ने जिम्मेवारीप्रति आफू प्रतिबद्ध रहेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise