२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

चक्कु प्रहार गरी बुबाले गरे छोराको हत्या 

मध्यान्ह
२०८१ पुष ३ गते ११:२८
चक्कु प्रहार गरी बुबाले गरे छोराको हत्या 

काठमाडौँ : भक्तपुरमा घरायसी विवादको क्रममा बुबाले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन् । 

गएराति भक्तपुर नगरपालिका-२ सहिद स्मृति खेल मैदान नजिकै अछाम कमलनगर नगरपालिका-६ हात्तिबाचका वर्ष ३१ का नरेन्द्र बहादुर शाहीलाई बुबा ६३ वर्षीय दीप बहादुर शाहीले तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

नरेन्द्रको उपचारको क्रममा भक्तपुर अस्पतालमा गएराति नै मृत्यु भएको हो । उनको शव पोष्मार्टमको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मृतकका बुबा दीप बहादुरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर