२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू

मध्यान्ह
२०८१ पुष ३ गते ०८:५३
‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू

काठमाडौं । वैदेशिक रोजगार विभागले बुधबारदेखि  वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने भएको छ ।

विभागले वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिममा औंठाछाप हाजिरी लिँदा अनियमितता भएको भन्दै ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने भएको हो । विभागले गत १५ असोजदेखि उक्त प्रणाली लागू गर्ने बताएको थियोे ।

तर, नमुना परीक्षण गरिएको दिन नै प्रणालीले काम नगरेपछि दसैंपछि अर्थात् २९ असोजदेखि प्रणाली अनिवार्य रूपमा प्रयोगमा ल्याउने भन्दै सोहीअनुसारको तयारीमा रहन अभिमुखीकरण व्यवसायीहरूलाई आग्रह गरेकोे थियो ।

प्रणालीमा समस्या उत्पन्न भएपछि विभागले समय सार्दै ३ पुसदेखि उक्त प्रणाली लागू गरेको छ । विभागका महानिर्देशक सूर्यबहादुर क्षेत्रीले सबै तयारी पूरा भएकाले बुधबारदेखि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू हुनेमा शंका नरहेको बताए ।

हाल १४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई वैदेशिक रोजगारीमा उड्नु अगाडि अभिमुखीकरण तालिम दिने गरेका छन् । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले व्यवसायीले झण्डै १३ करोड खर्च गरेर अन्य पूर्वाधारसहित सिस्टम जडान गरिसकेका बताएको छ ।

ADV

सम्बन्धित खबर