२०८३ कार्तिक २४ गते मङ्गलवार / Nov 10 , 2026 , Tuesday
२०८३ कार्तिक २४ गते मङ्गलवार

व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दो

Nada
२०८१ पुष ३ गते ०८:३८
Shares
व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दो

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले व्यक्तिगत सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेको बताएको छ । महासंघले श्रमिकहरू एजेन्सीमार्फत वैदेशिक रोजगारीका लागि जानुको सट्टा व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढेको र यसले असुरक्षा तथा जोखिमको डरलाग्दो संकेत गरेको बताएको छ ।

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघ अध्यक्ष विनोद श्रेष्ठले जीएसजी (जिफन्ट सपोर्ट ग्रुप) बनाएर श्रमिकहरूको अधिकार संरक्षण गर्ने पक्षमा काम गर्दा व्यक्तिगत सम्पर्कका आधारमा जाने प्रवृत्ति देखिएको बताए ।

विगतमा नेपाली कामदार वैदेशिक रोजगारीका लागि खाडी र मलेसिया मात्र जाने मान्यता रहे पनि अहिले त्यसमा व्यापक परिवर्तन भएर अमेरिकादेखि युरोपसम्म नेपालीहरू कामका लागि पुगेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने व्यवस्थाले केही राम्रो गरेको बताए ।

हाल गर्दा १३ लाख १ हजार ७८ जना श्रमिकहरू कोषका योजनामा सूचीकरण भएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले तर उनीहरूको योगदान नियमित हुन नसकेकाले योगदानकर्ता श्रमिक स्वयं र परिवारजन  सुविधाबाट बञ्चित हुनुपरेको बताए ।

उनले भने, ‘युरोपदेखि अमेरिकासम्म पुगेका नेपाली श्रमिकलाई सहयोग गर्न सबै देशमा जिफन्ट सपोर्ट ग्रुप बनाएर काम गरिरहेका छौं ।’ अध्यक्ष श्रेष्ठले कोरियाको लागि इ–७ भिसामा दक्ष कामदार पठाउन निजी क्षेत्रलाई अघि सार्ने कुरामा जिफन्टको विरोध रहेकोे भन्दै जापान, स्पेन, पोर्चुगल, रोमानिया, जर्मनीलगायतका मुलुकहरूमा समेत सरकारले नै कामदार पठाउँदा श्रमिकको हित हुने दाबी गरे ।
 

laxmi recruitement

सम्बन्धित खबर