२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु

मध्यान्ह
२०८१ पुष २ गते १४:०५
बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु

काठमाडाैँ : विद्युतीय स्कुटरमा लुकाएर राखिएको बम विस्फोट हुँदा मङ्गलवार मस्कोमा आणविक सुरक्षा बलका वरिष्ठ रुसी जनरलको मृत्यु भएको छ । 

लेफ्टिनेन्ट जनरल आइगोर किरिल्लोभ रुसको आणविक, जैविक र रासायनिक संरक्षण सेनाका प्रमुख थिए । यस घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

क्रेमलिनको दक्षिणपूर्वबाट झन्डै ७ किमि परको एउटा अपार्टमेन्ट भवनबाहिर उनी मारिएका हुन् । घटनामा आइगोर र उनको सहयोगी मारिएको बताइएको छ ।

रुसी टेलिग्राम च्यानलहरूमा पोस्ट भएको तस्बिरहरूले बम पड्किँदा भवनको प्रवेश द्वार ध्वस्त भएको र रगत लतपत भएको हिउँमा २ जनाको शव देखाएका छन् । यस मामिलामा फौजदारी मुद्दा चलाएर अनुसन्धान थालिएको छ ।

ADV

सम्बन्धित खबर