२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

त्रिविका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना

मध्यान्ह
२०८१ पुष २ गते १२:५६
त्रिविका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना

काठमाडौँ : आन्दोलनरत त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कर्मचारीहरूले उपकुलपति (भिसी) कार्यालय अगाडि धर्ना दिएका छन् । ५ गतेसम्म नियमित १ घण्टा धर्ना दिने त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले बताए ।

कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग कर्मचारीहरूको छ । नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रिभुवन विश्वविद्यालयमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्वि गर्नुपर्ने, रिक्त दरबन्दीमा विज्ञापन खुलाउनुपर्ने माग पनि कर्मचारीको छ ।

लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नति गर्नुपर्ने, सञ्चित विशेष तलबी बिदा रकम सेवा निवृत्त हुँदा सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था गर्नुपर्ने, विगतमा खोसिएका सेवा सुविधा दिनुपर्ने र ज्यामी, ज्यालादारी कर्मचारीको समस्या समाधान गरी सेवा सुनिश्चित गर्नुपर्ने माग कर्मचारीहरूले राखेका छन् ।
 

ADV

सम्बन्धित खबर