२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

बेष्ट फाइनान्सको कामु सिइओमा श्रेष्ठ

मध्यान्ह
२०८१ पुष १ गते २१:१९
बेष्ट फाइनान्सको कामु सिइओमा श्रेष्ठ

काठमाडौं : बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्रेष्ठलाई सोमबारबाट लागु हुनेगरी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव संगालेका श्रेष्ठ बेस्ट फाइनान्स आउनु अघि कावेली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए भने हाल उनि फाइनान्सको सहायक महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

फाइनान्सका सिईओ उमेशसिँह भण्डारीको कार्यकाल समाप्त भएपछि बोर्डले श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको जनाएको छ ।

ADV

सम्बन्धित खबर