काठमाडौं : वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए)को अध्यक्षमा माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइराला निर्विरोध अध्यक्ष बन्ने भएका छन् । पुस ३ गते हुने संघको साधारणसभाका लागि उम्मेदवारी दिएका प्रभु बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी फिर्ता लिएपछि कोइराला स्वतः अध्यक्ष बन्ने भएका हुन् ।
बैंकर्स संघको साधारण सभाले संघको अध्यक्ष, उपाध्यक्ष र ३ जना सदस्यसहित नयाँ कार्यसमिति चयन गर्दैछ । बैंकर्स संघको उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी र कार्यसमिति सदस्यहरूमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल पनि निर्विरोध चयन हुने भएका छन् । किनकी रिक्त रहेका कुनैपनि पदमा प्रतिस्पर्धाका लागि उम्मेदवारी परेको छैन ।