२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान सुरु

मध्यान्ह
२०८१ पुष १ गते २१:१५
सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान सुरु

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत बिलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ । सोमबारदेखि सुरु भएको पुनर्जागरण अभियान २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै बिलम्ब शुल्क पनि व्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ । हरेक नेपालीलाई बीमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ ।

ADV

सम्बन्धित खबर