२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

बेचन झा र प्रतीक थापालाई थुनामै राख्न आदेश

मध्यान्ह
२०८१ पुष १ गते १७:१८
बेचन झा र प्रतीक थापालाई थुनामै राख्न आदेश

काठमाडौँ : उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई  प्रतिक थापालाई थुनामै पठाउन आदेश गरेको छ ।

जिल्ला अदालत काठमाडौँले आफूलाई गैरकानुनी रूपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो ।

न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झाका साथै प्रतीक थापालाई पनि थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । दुवैलाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौँले थुनामा राख्न आदेश दिएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर