२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

रहेनन् पूर्वमेयर सिंह, काठमाडौँ महानगरमा आज शोक बिदा

मध्यान्ह
२०८१ पुष १ गते १०:५४
रहेनन् पूर्वमेयर सिंह, काठमाडौँ महानगरमा आज शोक बिदा

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ ।

उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए । 

उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास  चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उनको आजै अन्त्येष्टि गरिनेछ ।

सिंहको निधनमा कामपामा शोक बिदा

काठमाडौँ महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको  छ । उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो । 

कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा  कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए ।  २०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।    

ADV

ताजा खबर

सम्बन्धित खबर