काठमाडौं : नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । अध्यक्षका प्रत्यासी रमेश बिष्टलाई १ हजार बढी मतले पछि पार्दै शर्मा विजयी भएकी हुन् ।
शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालकी साझा उम्मेदवार हुन् । बिष्ट भने प्रेस युनियनका विद्रोही हुन् । उनलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थन थियो ।
देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि अध्यक्षमा प्रतिस्पर्धी थिए । सबैलाई पछि पार्दै शर्मा विजयी भएकी हुन् । योसँगै पत्रकार महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ । महासंघको ६९ वर्षे इतिहासमा महासंघले पहिलो पटक महिला नेतृत्व पाएको हो ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य विजयी भएका छन् । महासचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् । आचार्य र दाहाल पनि शर्मा नेतृत्वको प्यानलकै हुन् ।
कोषाध्यक्षमा भने प्रेस सेन्टरका रामकृष्ण अधिकारी विजयी भएका छन् । अधिकार बिष्ट प्यानलका हुन् ।