२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

विश्व हिन्दु महासंघ अध्यक्षमा अस्मिता

मध्यान्ह
२०८१ मंसिर ३० गते २०:२४
विश्व हिन्दु महासंघ अध्यक्षमा अस्मिता

काठमाडौं : विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको शनिबार सम्पन्न महासभाले अस्मिता भण्डारीलाई अध्यक्षमा चयन गरेको छ । यसअघि भण्डारी कार्यबाहक अध्यक्षको भूमिकामा थिइन् ।

जनकपुरमा सम्पन्न महासभाले भण्डारीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष चयन भएपछि भण्डारीले विश्वभर छरिएर रहेका हिन्दुहरूलाई एकताबद्ध गर्ने र आत्मसम्मानसाथ बाँच्न पाउने वातावरणका लागि पहल गर्ने बताइन् ।

उनले विश्वका केही स्थानमा हिन्दुमाथि भइरहेका हिंसाप्रति खेद प्रकट गर्दै त्यस्ता घटना हुन नदिने अवस्था सिर्जनाका लागि भूमिका खेल्ने धारणा राखिन् ।

नेपाललाई हिन्दु अधिराज्य बनाउन पहल गर्ने, हिन्दुहरूका लागि सहयोग होस् भन्ने उद्देश्यले बास्केट फन्ड बनाउनेलगायतका योजना रहेका उनको भनाइ छ ।

महासभामा १७ वटा देशमा शाखा रहेको महासंघका १२ वटा देशका प्रतिनिधि सहभागी रहेका भण्डारीले जानकारी दिइन् ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर