२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न

मध्यान्ह
२०८१ मंसिर ३० गते १९:५७
राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न

सरोज वि.क/मध्यान्ह

लमजुङ : नेकपा एमाले सम्वद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश  कमिटीको बैठक एवं प्रशिक्षण कार्यक्रम लमजुङको दोर्दी गाउँपालिका नौथर सेरामा सम्पन्न भएको छ । जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष सुवास मल्लको अध्यक्षतामा भएको कार्यक्रममा  एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हिरालाल विश्वकर्माको  प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि एवं प्रशिक्षक विश्वकर्माले जनसांस्कृतिक महासंघ र नेकपा एमाले बीचको अन्तरसम्बन्ध, जनसांस्कृतिक महासंघले गर्नुपर्ने काम कर्तव्यहरुको बारेमा सहभागीहरुलाई प्रशिक्षित गरेका थिए । जनसांस्कृतिक महासंघले भाषा, कला, संस्कार,संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै यो कमिटीलाई सबै पालिकामा पुर्‍याउनुपर्ने बताए । 

जनसांस्कृतिक महासंघले बेला बखतमा कला साहित्यको क्षेत्रमा के कस्तो नीति बनाउने ?, कस्ता कार्यक्रम गर्ने भन्ने सम्बन्धमा सरकारलाई सल्लाह सुझाव दिनुपर्ने बताए । उनले कमिटीमा स्वतन्त्र कलाकारहरुलाई पनि समेट्दै लैजानुपर्ने बताए । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य एवं गण्डकी प्रज्ञा प्रतिष्ठनका सदस्य शंकर विरही गुरुङले जनसांस्कृतिक महासंघले जनसांस्कृतिक महासंघले कला संस्कृतिको संरक्षण गर्न गण्डकीमा प्रज्ञा प्रतिष्ठानहरु गठन भएको बताए । 

बैठकले यही चैत २ गते पोखरामा तेस्रो अधिवेशन गर्ने निर्णय गरेको छ भने जनसांस्कृतिक महासंघका गण्डकी प्रदेशका  अध्यक्ष सुवास मल्लको संयोजकत्वमा १०१ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । अधिवेशनलाई  व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश कमिटीको आयोजना तथा राष्ट्रिय जनसांस्कृतिक महासंघ लमजुङको व्यवस्थापनमा सञ्चालित प्रशिक्षण कार्यक्रममा जनसांस्कृतिक महासंघ लमजुङका अध्यक्ष बसन्त अधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशभित्रका जनसांस्कृतिक महासंघको प्रदेश र जिल्ला र पालिका कमिटीमा आबद्व पदाधिकारी एवं सदस्यहरुको सहभागीता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर