रुकुम पश्चिम : नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित भएका छन् । रेग्मीले २३ मत प्राप्त गर्दा प्रविर ददेलले १६ र अमरराज पुनले पाँच मत प्राप्त गरेको निर्वाचन समितिका अधिकृत अधिवक्ता दिनेश खड्का जानकारी दिए ।
शुक्रबार भएको निर्वाचनमा खुला उपाध्यक्षमा देवकुमार ओली २४ मत प्राप्त गरी विजयी भए । उपाध्यक्षका प्रत्यासी दिवस पोखरेलले १४ मत र भरत चन्दले चार मत पाए। सचिवमा दीपेन्द्र महताराले २६ मतसहित विजयी हुँदा परिचन्द्र खत्रीले १७ मत प्राप्त गरे।
साथै महिला उपाध्यक्षमा सुमित्रा केसी, सहसचिव खुलामा प्रचण्ड खत्री र सहसचिव समावेशीबाट छिमा केसी, कोषाध्यक्षमा सन्देश जैसी निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिए । दलित सदस्यमा क्षितिज विश्वकर्मा र केन्द्रीय परिषद् सदस्यमा गणेश विक चिन्तन निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित कार्यसमितिलाई शनिबार एक कार्यक्रमका बीच निर्वाचन समितिले शपथ ग्रहण गराएको छ । जिल्ला समन्वय समितिको प्रांगणमा कार्यक्रम सम्पन्न भएको हो ।