२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित 

मध्यान्ह
२०८१ मंसिर ३० गते ११:३५
पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित 

काठमाडौँ  : नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएको छ।  शर्माको जितसँगै महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ ।

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ । कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । रमेश विष्ट प्यानलका उनी प्रेस सेन्टरनिकट  पत्रकार हुन् ।

महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । 

अनौपचारिक रुपमा संकलन गरिएको मतमा शर्मा एक हजारभन्दा बढी मतान्तरले विजयी हुने निश्चित भएको छ ।तर मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर