२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु

मध्यान्ह
२०८१ मंसिर ३० गते ११:०२
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु

काठमाडौँ : काठमाडौँको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु भएको छ । 

चितवनको रत्ननगर नगरपालिका–१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको उपचारको क्रममा मृत्यु भएको हो  । 

३८ वर्षीय आचार्यको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो । कागेश्वरी मनोहरा नगरपालिका–८ बागमती नदी किनारमा उनले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेकी थिइन् । 

शनिवार बा.३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका–८  किराँतचोक स्थित बागमती नदी किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन् । 

शरीरका विभिन्न भाग जलेको अवस्थामा उनलाई तत्कालै उपचारका लागि शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो ।

उनी परिवारसँग बौद्ध स्थित नारायणटारमा बस्ने गरेकी थिइन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर